Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेकपा बारपाक सुलिकोट ४ सौरपानीको टुक्राङ टोल भेला सम्पन्न


4.4K
Shares

नेकपा बारपाक सुलिकोट ४ सौरपानीको टुक्राङ टोल भेला सम्पन्न

गोरखा २४, फागुन –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बारपाक सुलिकोट गाउँपालिका–४, सौरपानी टुक्राङको टोल भेला सम्पन्न भएको छ ।

भेलामा गाउँपालिका अध्यक्ष समेत रहनु भएका नेकपागण्डकी प्रदेश कमिटी सदस्यद्वय बिष्णु प्रसाद भट्ट, भगवती तिवारी, बारपाक सुलिकोट गाउँपालिका पार्टी अध्यक्ष नरबहादुर गुरुङ, सचिव सुजन गुरुङ, जिल्ला सदस्य मोहन ढकाल लगायतको सहभागिता रहेको थियो ।

भेलामा कांग्रेस र समाजवादीमा क्रियाशिल पुर्ण बहादुर तामाङको नेतृत्वमा २४ जना भन्दा बढि नेकपामा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।

नेकपा बारपाक सुलीकोट गाउँपालिका वडा नम्बर ४ का वडापार्टी अध्यक्ष सुनेम गुरुङको अध्यक्षतामा सम्पन्न भएको भेलाले पुर्ण बहादुर तामाङ अध्यक्ष र सुकबहादुर बराम सचिब रहने गरि १३ सदस्यीय नेकपा बारपाक सुलिकोट ४, टुक्राङ टोल पार्टी कमिटी गठन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology