Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

अछाममा शिक्षाका लागि खाद्य कार्यक्रम परियोजना प्रभावकारी


3.1K
Shares

अछाममा शिक्षाका लागि खाद्य कार्यक्रम परियोजना प्रभावकारी

अक्षाम– शिक्षाका लागि खाद्य कार्यक्रम परियोजना प्रभावकारी बन्दै गएको छ । विद्यार्थी भर्नादर बढाउने र विद्यार्थीको पोषण सुधार गर्ने लक्ष्यसहित सुरु गरिएको परियोजना अछामका ९१ मध्ये ५२ वटा वडामा सञ्चालनमा छ । शिक्षाका लागी खाद्य कार्यक्रम परियोजना लागू भएपछि विद्यार्थी भर्ना दर मात्रै बढेको छैन, विद्यालय समय पूरै विद्यालयमै बिताउने विद्यार्थीको सङ्ख्या समेत बढेको छ ।

साथै विद्यार्थीको पोषणको अवस्थामा समेत सुधार आएको यशोधरा आधारभूत विद्यालयका शिक्षक चन्द्रिका उपाध्यायले बताउनुभयो । विद्यालयमा दिनभरी भोको पेट बस्नु नपर्ने भएपछि बालबालिका खुशी हुँदै विद्यालय आउँछन् । स–साना बालबालिकाको खुशीलाई परियोजनाको सफलता मान्न सकिने परियोजना ईकाई प्रमुख बिद्यासागर महतो बताउनुहन्छ । परियाजनाले एक जना विद्यार्थी बराबर दैनिक १५ रुपैयाँको दरले विद्यालयमा दाल, चामल तथा नुनतेल वितरण गर्दै आएको छ ।

कार्यक्रम प्रभावकारी बन्दै गएपनि विकट बस्तीका विद्यालयमा समान ढुवानी गर्न भने समस्या देखिएको छ । शिक्षाका लागि खाद्य कार्यक्रम परियोजनाले स्थानीय सरकार पनि उत्साहित छन् । तर खाद्यन्न भण्डारका लागि उपयुक्त व्यवस्थापन हुन सकेको छैन । मंगलसेन नगरपालिका वडा नम्बर १४ का अध्यक्ष तेजबहादुर भण्डारी, खाद्यन्न ढुवानी र व्यस्थापनमा आफूहरूले सहयोग गर्ने बताउनुहुन्छ ।

जिल्लाका १० वटा स्थानीय तहका ५२ वटा वडामा परियोजना सञ्चालन भइरहेको छ । यस्तो परियोजना आधारभूत तहका सबै विद्यालयमा विस्तार गर्नुपर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology