Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको जौवारीमा ट्याक्टर दुर्घटना : १ जनाको घटनास्थलमै मृत्यु ,२ जना गम्भीर घाइते


4.6K
Shares

गोरखाको जौवारीमा ट्याक्टर दुर्घटना : १ जनाको घटनास्थलमै मृत्यु ,२ जना गम्भीर घाइते

गोरखा २३, फागुन । गोरखाको सिरानचोक गाउँपालिका –८ धन्सारमा शुक्रबार साँझ ट्रयाक्टर दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । जौवारीबाट चनौटे तर्फ आउदै गरेको ग १ त ४६८२ नम्वरको ट्र्याक्टर धन्सारमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

दुर्घटनामा परि दाङका २३ बर्षिय यज्ञबहादुर भण्डारीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटना ट्रयाक्टर चालक सहित २ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा ट्र्याक्टर चालक बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ६ का १९ बर्षिय सुमन अधिकारी र दाङ्ग जिल्ला घर भएका सुवास थापामगर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology