काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका–१२ बिस्कुटी खोल्सामा बालुवा बोकेको मिनीट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ठूल्दीबेसीबगरबाट रामपुर ज्यादीतर्फ बालुवा लिएर जाँदै गरेको बा ३ ख ७१२१ नम्बरको मिनीट्रक दुर्घटना परेको हो ।
दुर्घटनामा परि काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–१२ का २१ वर्षीय चालक रोशन ठकुरी र सोही स्थानका १६ वर्षीय सह–चालक दीलिप ठकुरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
कच्ची सडकखण्डमा ब्याक गरी फर्काउने क्रममा शुक्रबार सडकबाट करीब तीन सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिनुभयो ।