एजेन्सी– अफगानिस्तानको राजधानी काबुलमा एउटा भीडमा गरिएको गोली प्रहारमा परि ३१ जनाको मृत्यु भएको छ। घटनामा परी ५५ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन्। गृह मन्त्रालयका अनुसार राजधानी कावुलको पश्चिमी क्षेत्रमा शुक्रबार घटना भएको हो। ‘हामीलाई प्राप्त प्रारम्भिक सूचनाअनुसार घटनामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ, मृत्यु हुनेमा महिला र बालबालिका पनि रहेका छन् ु, गृह मन्त्रालयका प्रवक्ता नसरत राहिमीले भन्नुभयो।
स्थानीय टोलो न्यूज टेलिभिजनसँगको कुराकानी क्रममा उहाँले कावुलको डास्टी बार्चीमा शुक्रबार भएको यो आतङ्कारी आक्रमणमा परी ५५ जना घाइते भएको पनि जानकारी दिनुभयो। सांस्कृतिक तथा धार्मिक भवनको रुपमा रहेको मोसल (ए)सहिद मजारीमा एउटा कार्यक्रम भइरहेको बेला अन्धाधुन्दा गोली प्रहार भएको थियो। स्थानीय समयअनुसार बिहान ११स्२० बजे घटना भएको अधिकारीहरूले जनाएका छन्।
घटना भएका बेला अफगान उच्च शान्ति परिषद्का अध्यक्ष कारिम खालीलीले सम्बोधन गरिरहनु भएको थियो। आक्रमणमा अफगानीस्तानी राष्ट्रिय प्रहरीअन्तर्गतको संकट व्यवस्थापन एकाइ ९सीआरयु० का प्रहरीहरुले लगातार प्रतिआक्रमण गरेका थिए। कार्यक्रमस्थलमा सहभागीमध्ये अधिकांश राजनितिज्ञ तथा सरकारी अधिकारीहरू रहेका थिए।
कार्यक्रममा सहभागी सरकारका प्रमुख कार्यकारी अब्दुलाअब्दुला, खालीली, पूर्वराष्ट्रपति हमिद कारजाइ लगायतलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका थिए। जिहादी नेता अब्दुल अलीमजारीको वार्षिकीका अवसरमा आयोजित स्मृतिमा आक्रमणको घटना भएको हो। आक्रमणका बारेमा यो समाचार तयार पार्दासम्म कसैले पनि जिम्मेवारी लिएको छैन।
अफगानिस्तामा गत सन् २०१९ मा मात्रै युद्धसम्बन्धी घटनामा परी तीन हजार ४०० भन्दा बढी नागरिक मारिएका छन् भने अरु छ हजार ९०० जना घाइते भएको संयुक्त राष्ट्रसङ्घको अपगानिस्तानस्तित नियोगले जनाएको छ।