Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

नेपालमा औषधी नियमित पठाउन भारत सहमत


1.9K
Shares

नेपालमा औषधी नियमित पठाउन भारत सहमत

काठमाण्डौं – भारत सरकारले नेपालमा नियमित औषधी पठाउन सहमती जनाएको छ । कूटनीतिक पहलका कारण भारत सरकारले निर्यातमा रोक लगाएको अत्यावश्यक औषधि नेपाल पठाउन सहमत भएको उद्योग बाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टले जानकारी दिनुभयो । मन्त्री भट्टका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालयले गरेको कूटनीतिक पहलपछि भारतले नेपालका लागि सहजरूपमा औषधि ल्याउन दिन सहमति जनाएको छ ।

भारतले विभिन्न २६ प्रकारका औषधि र यसका कच्चा पदार्थ नेपाल पठाउन सहमति जनाएको उहाँले जानकारी दिनुभयो । वाणिज्य सचिवस्तरीय छलफलमा भारत नेपालमा औषधि पठाउन सहमत भएको वाणिज्य सचिव वैकुण्ठ अर्यालले बताउनुभयो ।
बङ्गलादेशले पनि अत्यावश्यक औषधि पठाउने विषयमा सकारात्मक जानकारी दिएको सचिव अर्यालको भनाइ छ ।

यही फागुन २० र २१ गते बङ्गलादेशमा भएको वाणिज्य सचिवस्तरीय बैठकमा भाग लिई सचिव अर्याल शुक्रबार मात्रै स्वदेश फकिएका हुन् ।सचिव अर्यालले आफ्ना भारतीय समकक्षीसँग भएको छलफलका आधारमा औषधि र त्यसको कच्चा पदार्थ नेपाल पैठारी गर्न आयातकर्तालाई अनुमतिपत्र जारी गरेर सहज बनाउने समझदारी भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology