Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

डिजेल, पेट्रोल र दैनिक उपभोग्य बस्तु पर्याप्त छ : कालोबजारी गरे कडा कारवाही


7.1K
Shares

डिजेल, पेट्रोल र दैनिक उपभोग्य बस्तु पर्याप्त छ : कालोबजारी गरे कडा कारवाही

काठमाडौं, २३ फागुन । सरकारले दैनिक उपभोग्य वस्तुको कालोबजारी गरिए कानूनअनुसार कडा कारवाही गर्ने चेतावनी दिएको छ । कोरोना भाइरसको विषयलाई लिएर अनावश्यक हल्ला चलाएर बजारमा उपभोग्य वस्तुको कालोबजारी गर्ने तथा अभाव सिर्जना गरिएको पाइए कानूनअनुसार कारवाही हुने उल्लेख गर्दै सरकारले कुनै पनि उपभोग्य वस्तु अभाव नरहेको स्पष्ट पारेको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न, पेट्रोलियम पदार्थ तथा अन्य दैनिक उपभोग्य वस्तुको पुग्दो मौज्दात रहेको जानकारी दिनुभयो । ‘कालोबजारी नियन्त्रणका लागि विभिन्नरूपमा अनुगनमन टोली खटाइएको छ । सरोकार भएका उद्योगी तथा व्यवसायीसँग पनि दैनिकजसो नै छलफल भइरहेको छ’, मन्त्री भट्टले भने, ‘कुनै पनि अभाव छैन, हुन दिइँदैन ।’

उहाँले नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र खुद्रा व्यापारसँग जोडिएका सङ्घसंस्थाका प्रतिनिधिसँग छलफल भएको जानकारी दिनुभयो । बजार अनुगमनका लागि जनशक्तिको अभाव रहेको पाइएपछि सरकारले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग थप जनशक्ति माग गरिएको मन्त्री भट्टले बताउनुभयो ।

नेपाल आयल निगमसँग कूल नौ दिनलाई पुग्ने पेट्रोलियम पदार्थ मौज्दात रहेको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको भण्डारण क्षमता कूल ६८ हजार ३६४ किलोलिटर रहेको छ । यस्तै खाना पकाउने एलपी ग्यास निगमले जारी गरेको पिडिओका आधारमा सात दिनलाई पुग्ने रहेको छ ।

यस्तै मन्त्रालयले बजारमा पेट्रोलियम पदार्थ, नून, चिनी, चामललगायत खाद्यान्नको आपूर्तिमा समस्या नरहेको स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग मात्रै २५ हजार ६६९ मेट्रिक टन चामल मौज्दात छ ।

साल्ट टेड्रिङ कर्पोरेशनसँग आगामी छ महिनालाई पुग्ने गरी वफर स्टक राखिएको छ । कूल एक लाख ३६ हजार मेट्रिक टन नुन स्टकमा रहेको छ । यस्तै आयात भइरहेको नुनको मात्रामा २२ हजार ५०० मेट्रिक टन रहेको छ । त्यो भनेको आगामी १० महिनालाई पुग्ने हो । त्यसैगरी कूल दुई हजार ५०० मेट्रिक टन चिनी गोदाममा छ भने सात हजार ५०० मेट्रिक टन मार्गस्थलमा छ । चिनी उद्योगसँग मात्रै एक लाख मेट्रिक टन चिनी मौज्दात छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology