काठमाण्डौं- नेपाल प्रहरीका डिआइजी डाक्टर राजीव सुब्बाले राजीनामा दिनुभएको छ । चार वर्षदेखि भने उनले डिआइजी पद सम्हाल्दै आउनु भएका सुब्बाले आज राजीनामा पत्र बुझाउनु भएको हो ।
उहाँले प्रहरी प्रधान कार्यालयलाई राजीनामा पत्र बुझाउनु भएको हो । २५ वर्षदेखि प्रहरी सेवामा कार्यरत डा. सुब्बा नेपाल प्रहरीका प्राविधिक तर्फका डिआइजी हुनुहुन्थ्यो ।
आफूभन्दा जुनियर अधिकारी आइजी, एआइजी हुँदा पनि संगठन र गृह मन्त्रालयले प्राविधिकतर्फ एआइजीको दरबन्दी नबनाएको भन्दै उहाँले असन्तुष्ट व्यक्त गर्दै आउनु भएको थियो ।
हस्पिटलमा उहाँ भन्दा जुनियर आशा सिंह एआइजी हुनुभएको छ । यसअघिका आइजी सर्वेन्द्र खनाल पनि उहाँ भन्दा जुनियर हुनुहुन्थ्यो । गृहमन्त्रालयले भने उहाँको स्वीकृत गरेको छैन।