Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

अबको २ वर्षमा गोरखाको पहिलो बालमैत्री बिद्यालय घोषणा गर्छौ : प्रधानाध्यापक कृष्ण न्यौपाने


7.3K
Shares

अबको २ वर्षमा गोरखाको पहिलो बालमैत्री बिद्यालय घोषणा गर्छौ :  प्रधानाध्यापक कृष्ण न्यौपाने

गोरखा २३, फागुन । गोरखाको सिरानचोक गाउपालिका– ३ हर्मीमा रहेको श्री महेन्द्र लिला माध्यमिक बिद्यालयलाई बालमैत्री बिधालयको रुपमा बिकास गरिने भएको छ । २०७२ सालदेखि नै यस बिद्यालयमा सिएमसि नेपालले बालमैत्री कक्षा सन्चालनमा सहयोग गर्दै उक्त बिधालयलाई बालमैत्री बिद्यालय बनाउने अभियान चलाउन लागिएको हो । सिएमसि नेपाल र गाउँपालिका मिलेर बिधालयलाई बनाउन लागिएकको बिधालयका प्रधानध्यापक कृष्ण न्यौपानले बताउनुभयो ।

गोरखा र रसुवामा काम गर्दै आएको यस सँस्थाले अहिले सिरानचोक गाउँपालिकामा महेन्द्र लिला माध्यमिक बिद्यालयलाई छनौटगरि काम गर्न लागेको सिएमसि नेपालका फिल्ड सुपरभाईजर युवराज गौतमले जानकारी दिनुभयो । गोरखाको १ं० वटा बिद्यालय र रसुवाको १० बिद्यालय मध्ये सिकाई उपलब्धी आधारमा महेन्द्र लिला माध्यमिक बिद्यालय छनोटमा परेको उहाँले जानकारी दिनुभयो ।

उक्त बिद्यालयमा अहिले कक्षा ३ देखि ८ सम्म र कक्षा १० मा बालपढाई हुदै आईरहेको छ । ‘बिद्यालयमा सस्थाले बालबालिको क्षेत्रमा काम गर्न थालेपछि बालमैत्री कक्षा सन्चालन गर्न शुरु गरिएको हो, प्रधानाध्यापक कृष्ण न्यापानेले भन्नुभयोे, हामीलाई यो कार्यक्रम सम्पन्न गर्न सकिदैन कि भन्ने लागेको थियो, सकिदो रहेछ । पहिला शिक्षक देखेपछि बिद्यार्थी डराउने, बिद्यालय पुरा समय नबसी बिचैमा कक्षा छोडेर हिड्ने गरेको भएपनि अहिले बालमैत्री बिधालय रुपमा सञ्चालन भएदेखि बिद्यालयमा त्यस्ता खालका समस्या नदेखिने उहाँले बताउनुभयो ।

सिएमसि नेपालले बिगतमा आफ्नै लगानीमा उक्त बिद्यालयमा बिभिन्न किसिमका बालमैत्री सामाग्री दिएर सहयोग गर्दै आएको थियो । अब गाँउपालिका र सिएमसि नेपालको सहकार्यमा अबको २ वर्षपछि बाल मैत्रि बिद्यालय घोषणा हुने बिधालयले जनाएको छ । हाल उत्त बिधालयमा सामाजिक मनोपरामर्श कक्षा समेत सञ्चालन हदै आएको छ । सिएमसि नेपाल र सिरानचोक गाँउपालिका बिच भएको सहकार्यमा बिद्यालयलाई बालमैत्री बिद्यालय घोषणा गर्न लागिएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology