Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

डा. भट्टराईद्वारा मान्वु दुर्घटनामा परेकाहरुसंग भेटघाट


2.2K
Shares

डा. भट्टराईद्वारा मान्वु दुर्घटनामा परेकाहरुसंग भेटघाट

नागरिक सवाल संबाददाता-
गोरखा – पूर्व प्रधानमन्त्री एवं समाजबादी पार्टीका केन्द्रिय अध्यक्ष डाबावुराम भट्टराईले दुर्घटनामा परेका घाईतेहरुलाइ भेट गर्नुभएको छ ।
राजधानीको नर्भिक अस्पताल पुगेर डा भट्टराईले उनीहरुलाई भेटेर स्वास्थ्य स्थितीका बारेमा जानकारी लिनु भएको हो ।

गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधी सभाका साँसद समेत रहेका भट्टराईले गएको बुधबार आरुघाट गाउँपालिका १ को धोरतमा जिप दुर्घटनामा परेका धार्चे गाउँपालिकाकी उपाध्यक्ष फुलमायाँ गुरुङ, कर्मचारीहरु निशा गुरुङ, शर्मिला गुरुङ, धनबहादुर गुरुङ, फेज नेपालका सुरज नेपाल, क्यामेरा मेन केयरसिं गुरुङ र चालक बालचन्द्र गुरुङलाई भेटी शिघ्र स्वास्थ्य लाभको समेत कामना गरेको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो ।

डा.भट्टराईले आफ्नो फेसबुक पेजमा घाईतेहरु संग भेटेको फोटो राख्दै घटनामा परी ज्यान गुमाएका धार्चे गाउँपालिका ६ काशिगाउँका वडा सचिव किरण नेपाल प्रति हार्दिक श्रद्वाजली समेत अर्पण गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology