गोरखा । गोरखाको सिरानचोक गाउँपालिकामा औद्योगिक ग्राम निर्माण हुने भएको छ ।उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय र सिरानचोक गाउँपालिका बिच औद्योगिक ग्राम निर्माण गर्ने विषयमा सम्झौता भएको हो । मन्त्रालयका सह सचिब शोभाकान्त पौडेल गाउँपालिकाकमा अध्यक्ष राजु गुरुङबिच यस्तो सहमति भएको हो । औद्योगिक ग्राम स्थापनाका लागि मन्त्रालयले गाउँपालिकालाई एकमुष्ठ ९२ लाख रुपैयाँ को चेक हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताउनुभयो ।
उद्योगमा लगानी बढाउन औद्योगित ग्राम स्थापना गर्न लागिएको अध्यक्ष गुरुङले बताउनु भयो। “स्थानीय स्रोत साधन, कच्चा पदार्थ प्रविधि र सिपको परिचालन गरि लघु घरेलु तथा साना उद्योगमा लगानी बढाउछौ” उहाले भन्नुभयो । रोजगारीको सिर्जना गरी स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउन छरिएर रहेका साना उद्योगहरुलाई एकिकृत गरी ब्यवस्थीत गर्दै लैजाने गाउपालिकाको र नेपाल सरकारको निति रहेको पनि अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
उत्पादन बढाउन नेपाल सरकारले स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने नीति लिएको हो उहाँले भन्नुभयो । नेपाल सरकारको नीति अनुसार आर्थिक वर्ष २०७६÷७७ मा बिभिन्न ३२ स्थानीय तहमा औद्योगिक ग्रामको पूर्वाधार बिकास र निर्माणका लागि चालु वर्ष बजेट ब्यवस्थापन गरेको कार्यकारी अधिकृत भेषनाथ आचार्यले जानकारी दिनुभयो । । “सम्झौता गरेको १५ दिन भित्र गाउँपालिकाले बिस्तृत आयोजना प्रतिवेदन तयार गर्नुपर्ने सम्झौतमा उल्लेख गरिएको छ। सर्वे, डिजाईन परियोजना प्रतिवेदन सबै पास भएपछि मन्त्रालयमा एक प्रति बुझाएपछि मात्रै निर्माण सुरु गर्न सकिनेछ” उहाले भन्नुभयो।
औद्योगिक ग्राम भित्र प्रशासनिक भबन, दिवा शिशु स्याहार केन्द्र,बैंक तथा बित्तिय संस्थाको भबन, अग्नि नियन्त्रण ब्यवस्था, शौचालय, पार्कीङ तथा आराम स्थल, प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गर्न सकिने सम्झौता भएको सिरानचोक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषबहादुर कुँवरले बताउनु भयो । ग्राम निर्माणका लागि जग्गा बिकासको काम, ग्राम भित्रको मूख्य तथा सहायक मार्ग, बैकल्पीक उर्जाको ब्यवस्था, औद्योगिक फोहोर ब्यवस्थापन संयन्त्र लगायत पूर्वाधार बिकास गर्न सकिने गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो ।
औद्योगिक ग्राम निर्माण ब्यवस्थित भएपछि गाउँपालिका भित्र रहेका लघु उद्योगको बिकास हुने गाउँपालिका अध्यक्ष राजु गुरुङले बताउनुभयो । ‘कृषिमा आधारित उद्योगहरु तरकारी, माछा, आलुको प्रर्वद्धन गर्न मद्धत पुग्ने ’ अध्यक्ष गुरुङको भनाई रहेको छ । सिरानचोक गाउँपालिका ४ चोरकाटेमा नर्शरीको नाममा रहेको सरकारी जग्गामा औद्योगिक ग्राम निर्माण गर्ने गाउँपालिकाले निर्णय गरेको छ ।