काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अबस्थ सोचेभन्दा पनि धेरै राम्रो सुधार भईरहेको उहाँका निजी चिकित्सक एवं मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्यासिंह शाहले बताउनु भएको छ । प्रधानमन्त्री अहिले पूर्णरुपमा खतरामुक्त हुनुभएको र झोलिलो पदार्थ खाने कुरा खान थालिसक्नुभएको डा. शाहले जानकारी दिनुभयो ।
‘हामी उहाँलाई अझै एक साता जति अस्पतालमै राख्छौं । डिस्चार्ज भएको एक सातापछि उहाँले नियमित बैठक गर्न सक्नुहुन्छ, उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीलाई औषधि दिइएको छ,औषधिलाई निरन्तरता दिँदै जानेछौं र बिस्तारै कम गर्छौं सबैभन्दा चुनौती इन्फेक्सनबाट हो उहाँलाई नजिकबाट निगरानीमा राख्छौं ।’
प्रधानमन्त्रीको प्रत्यारोपण गरिएको मिर्गौलाले पनि एकदम राम्रोसँग काम गर्न थालिसकेको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्रील बेइन्फेक्सनबाट जोगिनुपर्ने खानपान राम्रो हुनुपर्ने, बासी र बाहिरको खाना खाना खान नहुने तथा नियमित व्यायाम गर्न पनि डा. शाहले सुझाव समेत दिनुभयो ।