Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

नेकपा गोरखाले पार्टी एकता सुदृढिकरण तथा जनसम्बन्ध बिस्तार अभियान सञ्चालन गर्ने


7.6K
Shares

नेकपा गोरखाले पार्टी एकता सुदृढिकरण तथा जनसम्बन्ध बिस्तार अभियान सञ्चालन गर्ने

दीपक श्रेष्ठ
गोरखा २२, फागुन – नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) गोरखाको तेस्रो पूर्ण बैठकले आगामी ३ महिनासम्म जिल्लाभर पार्टी एकता सुदृढिकरण तथा जनसम्बन्ध बिस्तार अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको बिहिबार बसेको जिल्ला कार्यसमितिको बैठकले आउदो चैत १ गतेदेखि जेठको मसान्तसम्म कार्यक्रम गर्ने निर्णय गरेको पार्टीका जिल्ला अध्यक्ष लेखबहादुर थापाले जानकारी दिनुभयो । ‘सम्बृद्ध नेपाल सुखी नेपालीको आधार, सुदृढ पार्टी, सुशासन र लोकप्रिय सरकार’ भन्ने मूल नारा लिएर पार्टी जनताको घरदैलोमा पुग्न लागेको उहाँले बताउनुभयो ।

अभियानमा पार्टीका तल्लो कमिटिसम्म दुई ठूला पार्टी बिचको एकताको महत्व स्थापित गराउने, एकिकृत पार्टीका सैदान्तिक, राजनीतिक र नीतिगत बिषयमा प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको अध्यक्ष थापामगरले जानकारी दिनुभयो । अभियानका क्रममा पार्टी सदस्यहरुमा बैचारिक, संगठनात्मक एव भावनात्मक बिकास सुदृढ गर्ने, पार्टी सदस्यता एकिकरण, नबिकरण, जनबर्गिय संगठन, मोर्चा निर्माण, पार्टीका बिभिन्न बिभागलाई पूर्णता दिने, घरदैलो पदयात्रा, टोलभेला र सभा गर्ने लगायतका कार्यक्रम तय गरिएकोे उहाँको भनाई छ ।

त्यस्तै चैत १ गते गोरखा सदरमुकाममा सरसफाई सहितको उद्घाटन कार्यक्रम गर्ने, चैत महिना भित्रमा संगठित सदस्यहरुको सदस्यता नविकरण सक्ने, जेष्ठको तेस्रो सातामा सवै गाउँपालिकामा पालिका स्तरको सभा गर्ने, जेठको अन्तिम सातामा जिल्लामा ¥याली सहितको सभा गर्ने, सवै वडामा वडा पार्टी कार्यालय स्थापना गर्ने लगायतका निर्णय बैठकले गरेको अध्यक्ष थापामगरले जानकारी दिनुभयो ।

बैठकले अभियान मार्फत पार्टीलाई संगठनात्मक पद्धतीमा सञ्चालन गर्न अनुशासित बनाउने, बिकास सम्बृद्धि र सामाजिक न्याय सहितको जनताको जनबाद कार्यान्वयन गर्दै समाजबादको आधार निर्माण गर्न जनतामा बिश्वास दिलाउने, पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई  पार्टीको घोषणा–पत्र अनुसार काम गर्न सुझाव दिदै कानुन सम्मत, लोकतान्त्रिक, पारदर्शी, जबाफदेही र परिणाममुखी बनाउने निर्णय गरेको छ ।

अभियान सञ्चालन गर्नका लागि फागुन महिना भित्रमा सवै तयारी पुरा गर्ने निर्णय समेत बैठकले गरेको जिल्ला अध्यक्ष थापामगरले बताउनुभयो । अभियानको नेतृत्व सम्बन्धित गाउँपालिका तथा नगरपालिकामा सम्बन्धित कमिटिलै नगर्ने, सम्बन्धित गाउँपालिका वा नगरपालिकामा रहेका जिल्ला कमिटिका सदस्यहरु पनि सम्बन्धि गाउँपालिकामा नै रहने र अभियानमा प्रदेश कमिटि र केन्द्रिय सदस्यहरुो सहजकर्ता भई नेतृत्व गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले पार्टीका केन्द्रिय अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शिग्रस्वास्थ्य लाभको कामना सहित बिशेष प्रस्ताव समेत पारित गरेको जनाइएको छ । त्यस्तै जिल्लाको आरुघाट गाउँपालिका–१ मान्वुमा गएराती भएको सवारी दुर्घटना ज्यान गुमाएका धार्चे गाउँपालिका वडा नम्बर ६ का वडा सचिव किरण रिमाल प्रति श्रद्धान्जली व्यक्त गर्दै परिवारजनमा समबेदना प्रकट गर्दै दुर्घटनामा परी घाईते भएकाहरुको शिग्र स्वास्थ लाभको कामना समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology