तनहुँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चोरी गरी ल्याइएको ट्याक्टर नियन्त्रणमा लिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले अन टेष्टको न्यु ट्याक्टर जिल्ला पर्वत कुस्मा नगरपालिका–६ शिवालय चोक बस्ने शिव प्रसाद सुवेदीले रु २२ लाख ६५ हजार मुल्य बराबरको ट्याक्टर खरिद गरि उहाँको घर अगाडि पर्किङ गरिरहेको अबस्थामा रातको समय पारि अज्ञात ब्याक्तिले चोरी गरी पर्वतबाट चितवन तर्फ लैजाने क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले नियमित चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो।
खरिद कर्ता डि,एण्ड ,वि ट्रेडर्सका प्रोपाईटर बैकुण्ठ बराललाई विहिबार जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख पुर्णबहादुर अधिकारीले हस्तान्तरण गर्नुभयो ।