Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

भरुवा बन्दुकसहित खड्का पक्राउ


2K
Shares

भरुवा बन्दुकसहित खड्का पक्राउ

राजापुर, २२ फागुन । बर्दियामा भरुवा बन्दुक र गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।गुलरिया नगरपालिका–९ टपरी गाउँका ५७ वर्षीय दीपबहादुर खड्काले माछापोखरीको किनारामा रहेको सानो झुपडी घरमा लुकाइछिपाई भरुवा बन्दुक सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बन्दुक र गोली राखेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय गुलरियाले खड्काको घरमा छापा मार्दा भरुवा बन्दुक दुई थान, बन्दुकमा लाग्ने गोली १९ थान, केप १७ थान, बारुदको डिब्बा दुई र फलामको बेरिङको डिब्बा एक थान प्रहरीले बरामद गरेको छ ।

प्रहरीले खड्कालाई नियन्त्रणमा लिएर हातहतियार तथा खरखजना मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology