गोरखा २२, फागुन -गोरखाको पालुङटार नगरपालिका–६ बसेनी फाँट स्थित मस्याङदी नदीमा एक आज बिहान महिलाको शव फेला परेको छ । नदीमा तैरिएको अबस्था अन्दाजी ४५ बर्षकी महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
फेला परेको शवको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गोरखा ल्याइएको उहाँले बताउनुभयो । महिलाको हत्या भएको हो वा आत्माहत्या हो भन्नेबारेमा थप अनुसन्धान भईरहेको एसपी अधिकारीले जानकारी दिनुभयो ।