Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

बलत्कारको आरोपमा नेकपाका सांसद पक्राउ


4.5K
Shares

बलत्कारको आरोपमा नेकपाका सांसद पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अक्कल रावललाई बलत्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सुदुर पश्चिम प्रदेशमा बलात्कार घटना निकै बढेको बेला सांसद नै पक्राउ परेका हुन् ।

तत्कालीन नेकपा एमाले पार्टीबाट अछाम जिल्लाबाट निर्वाचित सांसद रावललाई आज बलत्कारको आरोपमा पक्राउ परेको प्रहरीले जानकारी गराएको छ ।

फागुन १४ गते एक महिलाले आफूलाई प्रदेश सांसद रावलले बलात्कार गरेको भन्दै प्रहरीमा उजरी दिएको थियो । उहाँको उजुरीका आधारमा प्रहरीले पक्राउ पुर्जी काटेको थियो । पक्राउ पुर्जी काटेपछि उहाँ बुधबार प्रहरीमा उपस्थित हुनुभएको हो ।

उपस्थित भएका सांसद रावललाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ । उहाँ सुदूरपश्चिम प्रदेससभा सदस्य तथा संसदीय दलका सचेतक समेत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology