काठमाण्डौ – राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य नारायणकाजी श्रेष्ठले जनादेश प्राप्त सरकारले यता उता गरेर बाहाना देखाउने छुट सरकारलाई नभएको बताउनु भएको छ ।
बुधबार आयोजित शपथ ग्रहण कार्यक्रम पछि बसेको सभाको बैठकलाई सम्बोधन गर्नुहुदै नेकपाका प्रबक्ता समेत रहनु भएका श्रेष्ठले यस्तो बताउनु भएको हो । उहाँले जनताको चाहाना र आकाङ्क्षा अनुसार सरकारले काम गरेर देखाउनुको विकल्प नभएको पनि बताउनुभयो ।
उहाँले वर्तमान सरकारसँग समृद्ध नेपालको कार्यभार पूरा गरेर देखाउनुबाहेक विकल्प नभएको बताउनुभएको हो । उहाँले लोकतान्त्रिक शासन व्यवस्था, स्थिर राजनीतिक अवस्था र जनादेश प्राप्त बहुमत प्राप्त सरकार भएकाले सरकारलाई ुयता उताु गरेर बहाना देखाउने छुट नभएको बताउनुभयो ।
राजनीतिक परिर्वतनलाई सामाजिक आर्थिक क्षेत्रमा रुपान्तरण गरेर व्यवहारमा देखाउनुको विकल्प नभएको भन्दै उहाँले त्यसका लागि सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।