Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

टिप्परको ठक्करबाट दुई जनाको मृत्यु विराटनगरमा तनाबग्रस्थ


1.3K
Shares

टिप्परको ठक्करबाट दुई जनाको मृत्यु विराटनगरमा तनाबग्रस्थ

मोरङ – विराटनगर महानगरपालिका–१९ मा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । टिप्परको ठक्करबाट स्थानियको मृत्यु भए पछि स्थिति तनावग्रस्त बनेको छ । स्थानीयले टिप्पर चालकलाई कडा कारबाही हुनु पर्ने पिडित परिवारलाई उचित क्षतिपूर्ति दिनु पर्ने माग राखेका छन् । विराटचोक–घिनाघाट सडकमा टिप्पर आवागमनमा रोक लगाउनुपर्ने मागपनि स्थानियले राखेका छन ।

साईकल र एम्बुलेन्स बाहेक अन्य कुनै पनि सवारी साधन सथानियल चल्न दिएका छैनन । घटनापछि आक्रोशित स्थानीयले दुई वटा टिप्परमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । घटनापछि उत्पन्न समस्या समाधानका लागि अहिले प्रहरी, प्रशासन र पीडित पक्षबीच छलफल भइरहेको हो ।

पुष्पलाल चोक–विराट चोक सडकखण्ड अन्तर्गत मिलन चोकमा टिप्परले ठक्कर दिँदा दुई जनाको ज्यान गएको थियो । टिप्परले ठक्कर दिँदा मोरङ ग्रामथान गाउँपालिकाका अटो चालक ४५ वर्षीय बाबुराम सरदार र उनकी ६ वर्षीया नातिनी सबिता सरदारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

विराटनगरतर्फ आउँदै गरेको को १ ख २९१७ नम्बरको टिप्परले विपरीत दिशातर्फ जाँदै गरको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटो टेम्पोलाई ठक्कर दिएको थियो । प्रहरीले टिप्परसहित टिप्प चालक सुनसरी रामधुनी–५ का ३३ वर्षीय हरेराम चौधरीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology