काठमाडौं । बिश्वभर कोरोना भाईरसको त्रास बढेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले होली नखेल्ने घोषणा भारतीय नागरिकहरुलाई आग्रह गर्नुभएको छ ।
महामारीका रूपमा विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको त्रासका कारण होलीमा जमघट हुदा झनै जोखिम बढ्ने भएकाले होली नखेल्न भन्नुभएको हो । । साथै उहाँले सम्पूर्ण भारतीय नागरिकलाई धेरै भीडभाडमा सहभागी नहुन आग्रह गर्नुभएको छ।
उहाँले बुधबार ट्विटरमार्फत यस वर्षको रंगहरूको पर्व होली नखेल्ने घोषणा पनि गर्नुभएको छ । प्रधानमन्त्री मोदीले कोरोना भाइरसबाट बच्न ठूलो संख्यामा एकत्रित नहुन पनि आफ्ना नागरिकलाई आग्रह गर्नुभएको छ ।