Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

नेकपाका प्रबक्ता श्रेष्ठ सहित १८ सदस्यले लिए राष्ट्रियसभा सदस्यको शपथ


4.1K
Shares

नेकपाका प्रबक्ता श्रेष्ठ सहित १८ सदस्यले लिए राष्ट्रियसभा सदस्यको शपथ

काठमाडौं । गएको माघ ९ गतेको निर्वाचनबाट राष्ट्रियसभामा निर्वाचित सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।
निर्वाचित राष्ट्रियसभाका सदस्यहरुलाई बुधबारराष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद मिलिल्सिनाले शपथ ग्रहण गराउनु भएको हो । माघ ९ गते भएको चुनावमा निर्वाचितसत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टी नेपाल राजपाका दुई सदस्यले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

मंगलबार राष्ट्रपतिबाट मनोनित १ सहित १९ जनाको कार्यकाल सकिएको थियो । रिक्त पदका लागि गत माघ ९ गते निर्वाचन भएको थियो । यद्यपि राष्ट्रपतिबाट मनोनित हुने सदस्यको भने टुगो लागेको छैन् । शपथ लिने सदस्यहरुमा नारायणकाजी श्रेष्ठ, बेदुराम भूसाल, देवेन्द्र दाहाल, इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अच्छामी, तुलसाकुमारी दाहाल, राधेश्याम पाश्वान, शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह यादव रहेका छन् ।

यसैगरी भगवती न्यौपाने, तारामान स्वाँर, शारदादेवी भट्ट, सुमित्रा विसी, मायाप्रसाद शर्मा, गोपाल भट्टराई, विमला घिमिरे, गंगाकुमारी बेल्बासे र जगतप्रसाद शर्माले पनि आज नै सपथ लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology