काभ्रे । काभ्रे जिल्लाको कोशीपारीमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । रामेछापको गुराँसेबाट काठमाडौं आउँदै गरेको बा ४ ख ७१०२ नम्बरको बस काभ्रे जिल्लाको चौरीदेउराली भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
बसले साइड दिने क्रममा बस दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । घाइतेहरुमध्ये गम्भीर ६ जनालाई धुलिखेल अस्पताल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।
अहिले स्थानीय प्रहरी उद्धार कार्यमा जुटिरहेको भर्इरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जानकारी दिएको छ । उद्धार जारी रहेकोले घाइते थपिन सक्ने प्रहरीले बताएको छ ।