कैलाली – पूर्व प्रधानमन्त्री एबम् नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जस्ताको त्यस्तै पारित हुनुपर्ने बताउनु भएको छ । नेपाल प्रेस युनियन कैलालीले बुधबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले अमेरिकाले नेपाललाई ठूलो पैसा दिएकाले एमसिसी जस्ताको जस्तै पारित हुनुपर्ने बताउनु भएको हो ।
‘एमसीसी जस्तोको त्यस्तै पास हुनुपर्छ यसले नेपाल ठुलो पैसा दिएको छ र दिइरहनेछ, उहाँले भन्नुभयो, यसमा हाम्रो बिरोध छैन ।’ सभापती देउवाले एमसिसीको सवालमा सरकारसंग पटक पटक सल्लाह गरौ भन्दा पनि हुन नसकेको समेत बताउनुभयो । उहाँले एमसिसी सम्झौता गर्न काग्रेसको स्पस्ट सहमती रहेको बताउनुभयो ।
सभापती देउवाले अहिले विश्वलाई नै आतङकित बनाउने किसिमले कोराना भाइरसको संक्रमण बढिरहेकाले यसमा सम्पुर्ण नेपालीहरु सचेत हुनुपर्ने बताउनुभयो। उहाँले मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएको प्रधानमन्त्री केपी शर्मा ओलाीको स्वास्थ्य लाभको कामना पनि गर्नुभयो ।