Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रधानमन्त्री ओलीलाई अप्रेसन थियटरमा लगियो : केहिबेरमा प्रत्यारोपण शुरु हुने


1.7K
Shares

प्रधानमन्त्री ओलीलाई अप्रेसन थियटरमा लगियो : केहिबेरमा प्रत्यारोपण शुरु हुने

काठमाडौंः मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई अप्रेसन थियटरमा लगिएको छ। अस्पताल निर्देशक डा प्रेम खड्काका अनुसार उहाँको केही बेरमा प्रत्यारोपणका लागि शल्यक्रिया लगायतका प्रक्रिया अगाडि बढाइने छ।

प्रधानमन्त्रीलाई ९ बजे नै अप्रेसन थियटरमा लैजाने तयारी भए पनि केही रिपोर्ट आउन बाँकी रहेका कारण ढिला भएको हो। प्रत्यारोपणका लागि करिब ५ घन्टा समय लाग्ने बताइएको छ।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने भएपछि अस्पतालमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, भूमिसुधार मन्त्री पदमा अर्याल, नेकपा महासचिव विष्णु पौडेल, मुख्यसचिव लोकदर्शन रेग्मी लगायतको उपस्थिति रहेको छ।

अस्पताल परिसरमा अनेरास्ववियुका विद्यार्थीहरुको पनि बाक्लो उपस्थिति रहेको छ। प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो। यसअघि उनको १२ वर्षपहिले भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology