Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

अस्पतालमा रहेका प्रधानमन्त्रीविरुद्ध नेविसंघ–तरुण दलको अर्मादित नाराबाजी


2.1K
Shares

अस्पतालमा रहेका प्रधानमन्त्रीविरुद्ध नेविसंघ–तरुण दलको अर्मादित नाराबाजी

काठमाण्डौ । त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपणका लागि सोमबार भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका दुई भातृ संगठनले मानवीय संवेदनाको पनि ख्याल नगरी नाराबाजी गरेका छन्। ओलीको मिर्गौला प्रत्यारोपणको सफलताको कामना भइरहेका बेला मकवानपुरको हेटौंडामा नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले असभ्य शैलीमा नाराबाजी गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

पेट्रोलियम पदार्थमा बढाइएको विकास करविरुद्ध भन्दै मंगलबार साँझ निकालिएको राँके जुलुसमा न्यूनतम् मानवीय संवेदनाको पनि ख्याल नगरी …..ले के भन्छ, केपी ओली ले भन्छ, सहितका अमर्यादित नारासहित बजार परिक्रमा गरेका थिए। प्रधानमन्त्री ओली जीवनमरण संघर्षमा रहेका बेला नेविसंघ र तरुण दलका कार्यकर्ताले सामाजिक मर्यादाको पनि ख्याल नगरेको भन्दै स्थानीयले पनि आक्रोश पोखेका थिए।

प्रधानमन्त्रीको स्वास्थ्य राम्रो होस भन्ने बेलामा अप्रिय घटनाको कामनासहित हेटौँडा २ संगमचोकमा गरिएको नाराबाजी सुनेर स्थानीयबासीले पनि अफठ्यारो मानेका थिए। पेट्रोलियम पदार्थमा करवृद्धिको विरोधमा निकालिएको जुलुशका सहभागीले अधिकांश समय प्रधानमन्त्री ओलीलाई नै निशाना बनाउँदै गाली गरेका थिए। उनीहरूले ….के भन्छ, केपी ओली ले भन्छ, जस्तो अमर्यादित नारा मानवीय संवेदना बिर्सिएर पटक पटक लगाएका थिए। थाहाखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology