Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखाको पालुङटार नगरपालिकाले ग¥यो आवाधिक बिकास योजना तर्जुमा गोष्ठी


3.7K
Shares

गोरखाको पालुङटार नगरपालिकाले ग¥यो आवाधिक बिकास योजना तर्जुमा गोष्ठी

गोरखा २१, फागुन – गोरखाको पालुङटार नगरपालिकामा नगरक्षेत्रको योजनाबद्ध बिकासका लागि २ दिने आवाधिक बिकास योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । पालुङटार नगरपालिका यहिँ फागुन १९ र २० गोष्ठी सञ्चालन गरेको नगरपालिकाले जनाएको छ । एकाउन्टीविलिटी इनिसियटिभ प्रा.लिले सहजीकरण गरेको गोष्ठीमा पालुङटार नगरपालिकाको बिकास आयोजना, आगामी रणनीति लगायतका बिषयमा छलफल भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिनेश चन्दै देवकोटाले स्थानीय प्राथमिकतामा योजना तर्जुमाको बिषयमा आफ्नो धारणा व्यक्त गनुभएको थियो । त्यस्तै सोही कार्यक्रममा बोल्नु हुदै डा. जगदिशचन्द्र पोखरेलले आवाधिक योजनाको अबधारण र औचित्यको बारेमा प्रकाश पर्नुभएको थियो । कार्यक्रममा बिज्ञहरुले बिकासको योजना तर्जुमा गर्दा ध्यान दिनुपर्ने बिषय र योजनाको छनोटको बिषयमा बढि प्रभावकारी हुने धारणा गरेका थिए ।

पालुङटार नगरपालिकाका नगरप्रमुख दिपकबाबु कंडेलको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीमा गोरखा क्षेत्र नम्बर २ अन्र्तगत प्रदेशसभा (ख) का प्रदेशसभा सदस्य हरिशरण आर्चाय, पालुङटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेल, डा. शेषरमण न्यौपाने, पालुङटार नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत तेजराज शर्मा, सरोज देवकोटा, जनप्रतिनिधिहरु कर्मचारीहरु, बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology