काठमाडौं । जल मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भेकमा पानी पर्नसक्ने जनाएको छ । मौसमविद् प्रतिमा मानन्धरका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको र बाँकी भागमा मौसम सामान्यतया सफा रहेको जानकारी दिनुभयो ।
हाल देशमा पश्चिमी एवं स्थानीय वायुको प्रभाव रहेको बिभागले जनाएको छ । अपरान्ह पछि पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । मानन्धरका अनुसार पोखरा लगायतका क्षेत्रमा वर्षा हुनेछ ।