Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा अनौठो घटना : पोखरीमा पालैपालो हाम्फालेर १३ बाँदरको ज्यान गयो


12.8K
Shares

गोरखामा अनौठो घटना :  पोखरीमा पालैपालो हाम्फालेर १३ बाँदरको ज्यान गयो

गोरखा २०, फागुन –  गोरखा नगरपालिका–९ लक्ष्मीबजार स्थित शिखरडाँडामा निर्माणाधिन आपतकालिन पानी पोखरीमा डुवेर १३ वटा बाँदरको मृत्यु भएको छ । आपतकालिन अबस्थाका लागि भन्दै वडा भित्र निर्माण भईरहेको पोखरीमा डुवेर मंगलबार बाँदरको मुत्यु भएको वडाध्यक्ष कुल बहादुर कुँवरले जानकारी दिनुभयो ।

गोरखा नगरपालिकाको दमकलमा पानी भर्नका लागि भन्दै ‘एक वडा, एक आपतकालिन पानी पोखरी’ निर्माणको अबधारणा अन्र्तगत शिखरडाँडामा पानी पोखरी निर्माणको काम भईरहेको छ । निर्माण सम्पन्न हुन बाँकी नै रहेको पोखरीमा केही दिन अघि परेको बर्षाका कारण करिब १ मिटर पानी जमेको रहेछ, त्यहि जमेको पोखरीमा पानी खान जाँदा बाँदर डुवेर मरेका रहेछन् ।’ उहाँले भन्नुभयो ।

‘शुरुमा एउटा बाँदर पोखरीमा डुबेको थियो, हेर्दाहदै हुलै आएर पानीमा पसेछ, स्थानीयको भनाई उद्धृत गर्दै उहाँले भन्नुभयो, पानीमा पसेपछि निस्कन नसक्दा डुवेर मरेको हो ।’ पक्की पोखरी गहिरो भएका कारण डुबेरका बाँदरलाई बचाउन जाँदा अरु बाँदरको पनि ज्यान गएको अनुमान गरिएको छ । निर्माणाधिन पोखरीको भित्री भाग चिप्लो भएका कारण पनि पोखरीमा पसेको बादँर बाहिर आउन नसकेर ज्यान गएको अनुमान गरिएको छ ।

करिब ३ लाख रुपैयाको लागतमा निर्माणधिन पोखरीको वरपर तारजाली लगाउने काम बाँकी रहेको बेला बादर पोखरीमा डुबेर मरेको हो । ‘पोखरीमा त्यति धेरै पानी त जम्मा भएको थिएन तर बादरलाई मात्र डुबाउने पानी रहेछ ।’ वडाध्यक्ष कुवरले भन्नुभयो । डुबेर मरेका सवै बादँरलाई खाल्डो खनेर व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । पोखरीमा डुवेर यति ठूलो संख्यामा बाँदर मरेको गोरखामा यो पहिलो घटना हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology