काठमाडौँ — कोरोना भाईरसका कारण बिद्यालयमा सर्तकता अपनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आहन गरेको छ । आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिद्यालयलाई निर्देशन गरेको छ । सामूहिक भेला, सेमिनार, गोष्ठीलगायत कार्यक्रम नगर्न समेत मन्त्रालयले निर्देशन गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मंगलबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएर निर्देशन दिनुभएको हो । आगामी चैत ६ गतेबाट १५ गतेसम्म विद्यालय शिक्षा परीक्षा (एसईई) हुने निर्धारित तालिका रहेको समेत सचिब दाहालले जानकारी दिनुभयो ।
एसईई परीक्षा केन्द्रीय सरकारमातहत सञ्चालन हुने गरेको छ । त्यसैगरी स्थानीय सरकार (पालिका) मातहतमा कक्षा ५ र ८ को जिल्लास्तरीय परीक्षा संचालन हुदै आएको छ । उक्त परीक्षामा पालिकाले निर्माण गरेको प्रश्नपत्रको आधारमा परिक्षा लिईदै आएको छ ।