काठमाण्डौ । नेपाल सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले राजीनामा दिनुभएको छ । मंगलबारै राष्ट्रियसभा सदस्य पदको कार्यकाल सकिन लागेकोले खतिवडाले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिनुभएको हो ।
उहाँले दिनुभएको राजीनामापत्र मुख्यसचिव रेग्मीले राष्ट्रपतिसमक्ष बुझाएको शितल निवास स्रोतले जनाएको छ । राष्ट्रियसभा सदस्यको कार्यकाल सकिए पनि सरकारले उहाँलाई ६ महिना भित्रका लागि मन्त्री बनाउन चाहेमा बाटो खुलै रहने ब्यावस्था रहेको छ ।
तर ६ महिनाभित्र उहाँलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्नुपर्ने कानुनी व्यावस्था संबिधानमा रहेको छ । सरकारले भने खतिवडालाई नै राष्ट्रियसभामा मनोनित गर्ने र अर्थमन्त्रीमा दोहोर्याउने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ ।