कास्की, २० फागुन । अबैैध लागूऔषध सहित ४ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–१३ मियापाटनबाट लागुऔषधसहित दुई जना युवक पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मादी गाउँपालिका–१२ भगवतिटार घर भई पोखरा महानगरपालिका–३१ शिशुवा बस्ने २४ वर्षीया बिमला नेपाली र उनकै श्रीमान २१ वर्षीय विशाल नेपाली रहेका छन्।
उनीहरूको साथबाट प्रहरीले डाइजेपाम २८ एम्पुल, नुर्फिन २८ एम्पुल, फेनारगन ३० एम्पुल र ३ थान मोबाइल पनि बरामद गरेको छ। वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।