Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

टेकु अस्पतालमा भर्ना भएकामा कोरोना नभएको पुष्टी


6.4K
Shares

टेकु अस्पतालमा भर्ना भएकामा कोरोना नभएको पुष्टी

काठमाण्डौं २०, फागुन । काठमाण्डौंको टेकुी स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना (कोभिड १९) भाइरसको आशंकामा भर्ना भएका बिरामीमा कोरोना भाईरस नभएको पुष्टी भएको छ । भर्ना गरिएका चारजना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ आएपछि उनीहरुमा कोरोना नभएको पुष्टि भएको हो ।

परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनस्वास्थ्य प्रयोगशाला स्रोतले जनाएको छ। उनीहरुको रिपोर्ट अस्पतालले केही बेरमा सार्वजनिक गर्ने तयारी गरेको छ ।चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजनालाई बिरामीलाई आइतबार अस्पताल भर्ना गरिएको थियो ।

हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ । तीमध्ये १९ जना सकुशल घर फर्किसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology