Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

प्रचण्डलाई जुत्ता प्रहारको प्रयास गर्ने व्यक्ति बिप्लव कार्यकर्ता रहेको खुलासा


3.6K
Shares

प्रचण्डलाई जुत्ता प्रहारको प्रयास गर्ने व्यक्ति बिप्लव कार्यकर्ता रहेको खुलासा

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)माथि जुत्ता प्रहारको प्रयास गर्ने व्यक्ति बिप्लवको कार्यकर्ता भएको खुलेको छ । आईतबार राष्ट्रियसभा गृहमा अध्यक्ष प्रचण्ड माथी कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला २२ वर्षीय युवक रतन तिरुवाले जुत्ता प्रहारको प्रयास गरेका थिए ।

घटना लगत्तै तिरुवालाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएको थियो। उनि जुम्लाको सिँजा गाउँपालिका–२ घोर्डिङाका मनु तिरुवाका छोरा हुन्। उनी पूर्व लडाकु वा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै कार्यकर्ता रहेको भनी गरिएको प्रचार निराधार रहेको नेकपाका जुम्ला अध्यक्ष दिलबहादुर कुँवरले बताउनुभयो ।

उनका बाबुको मृत्यु भएको साँचो भएपनि उनी युद्धमा मारिएको नभई अर्कै कारणले त्यो पनि भारतमा मृत्य भएको कुँवरले जानकारी दिनुभयो। यसबारे सत्तारुढ दल नेकपा जुम्लाले प्रेस विज्ञप्ति जारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology