गोरखा १९, फागुन
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाबाट प्रदान हुदै आएको सेवा प्रवाहका बिषयमा नागरिकहरुको सुझाव गुनासो र धारणा बुझ्न सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

सार्वजनिक सुनवाईमा सहभागी भएका नागरिकहरु

नागरिकहरुको गुनासो सम्बोधन गर्नुहुदै गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्ट
वडा नम्बर ४ स्थित सौरपानीमा आईतबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले गाउँपालिकाले बिकास निर्माणका काम तिव्रता दिएसंगै अनुगमनलाई समेत थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

कार्यक्रममा आफ्नो जिज्ञासा राख्दै एक सहभागी

कार्यक्रममा आफ्नो जिज्ञासा राख्दै एक सहभागी

सार्वजनिक सनुवाई कार्यक्रममा आफ्नो धारणा राख्नुहुदै नेपाली काग्रेस बारपाक सुलिकोट गाउँपालिकाका सभापती जीतबहादुर घले

कार्यक्रममा नागरिकहरुको जिज्ञासाको जबाफ दिनुहुदै गाउँपालिकाकी उपाध्यक्ष सनमाया गुरुङ

सार्वजनिक सनुवाई कार्यक्रममा आफ्नो धारणा राख्नुहुदै नेकपा गण्डकी प्रदेश कमिटिका सदस्य भगवती तिवारी

सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण गर्नुहुदै पत्रकार दीपक श्रेष्ठ

कार्यक्रममा सुझाव सहितको मन्तव्य व्यक्त गर्नुहुदै नेपाल पत्रकार महांसघ गण्डकी प्रदेश कमिटिका सदस्य कैलासबाबु श्रेष्ठ

सार्वजनिक सुनुवाईमा नागरिक अभिमत र बहिर्गमन अभिमत प्रस्तुत गर्नुहुदै पत्रकार धनबहादुर तामाङ
सार्वजनिक सुनवाई कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा गण्डकी प्रदेश कमिटिका सदस्य भगवती तिवारी, नेकपा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष नरबहादुर गुरुङ, नेपाली काग्रेस बारपाक सुलिकोट गाउँपालिकाका सभापती जीतबहादुर घले, समाजबादी पार्टी गोरखाका जिल्ला सदस्य अमित गुरुङ, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य कैलास बाबु श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।