Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार नाघ्यो


5.4K
Shares

कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार नाघ्यो

चीनमा थप ४२ जनाको ज्यान भएपछि कोरोनाभाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३,००० नाघेको छ।

कोभिड(१९ का मृत्यु हुनेमध्ये ९० प्रतिशतभन्दा बढी मानिस चीनको हुवे प्रान्तका हुन्। उक्त भाइरस गत डिसेम्बर महिना त्यहाँबाट फैलिएन थालेको थियो।

चीनबाहेक अन्य १० देशमा पनि मानिसहरूको मृत्यु भएको छ। इरानमा अहिलेसम्म ५० जनाको मृत्यु भएको पुष्टि भएको छ। इटलीमा पनि ३० जनाको ज्यान गइसकेको छ।

विश्वभरि झन्डै ९०,००० जनामा सङ्क्रमण भएको पुष्टि भएको छ। अहिले चीनबाहिर उक्त भाइरस तीव्र गतिमा फैलिरहेको छ।

तर सङ्क्रमण भएका अधिकांश मानिसमा सामान्य लक्षण देखिएको विश्व स्वास्थ्य सङ्गठनले आइतवार बताएको छ। कोरोनाभाइरस सङ्क्रमण भएका दुईदेखि पाँच प्रतिशत बिरामीको मृत्यु हुन सक्ने उसले जनाएको छ।

मौसमी रुघाखोकीको औसत मृत्युदर ०.१ प्रतिशत हुन्छ र भाइरस अतिसङ्क्रामक हुन्छ। त्यसबाट प्रतिवर्ष चार लाख मानिसको मृत्यु हुने गरेको तथ्याङ्कले देखाउँछ।

सार्स र मेर्सजस्ता कोरोनाभाइरस परिवारका अन्य विषाणुका कारण हुने मृत्युको दर कोभिड(१९ भन्दा धेरै छ। BBC

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology