गोरखा । गोरखाको पालुङ्टार नगरपालिका–८ स्थित एक बिधालयमा शनिबार राती चोरी भएको छ । स्थानीय श्री अकला माध्यमिक विद्यालयको कार्यालयको ताला फोडी ४ थान ल्यापटप चोरी भएको छ ।
शनिबार रातको समयमा विद्यालयको प्रशाशन कोठामा रहेको ताला फोडी प्रशाशन र कम्प्युटरकक्षको ताला खोलेर ४ थान ल्यापटप चोरी गरिएको प्रधानाध्यापक राजेन्द्र अंगाईंले बताउनुभयो ।
चोरीमा संलग्नको बारेमा अहिलेसम्म पहिचान हुन सकेको छैन । घटनाको बारेमा प्रहरीलाई उजुरी दिएको भएपनि अहिलेसम्म कसैलाई नियन्त्रणमा नलिइएको जनाइएको छ ।
चोरीमा संलग्नको खोजी भईरहेको प्रहरीले जानकारी दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत काराखेतीले बताउनुभएको छ ।