Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

चीनका लागि नेपाली राजदुत पौडेललाई १५ दिन भित्र फिर्ता आउन निर्देशन


3K
Shares

चीनका लागि नेपाली राजदुत पौडेललाई १५ दिन भित्र फिर्ता आउन निर्देशन

काठमाण्डौ ।  सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को आइतबार बेलुकी बसेको बैठकले पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको मन्त्रीपरिष्द निकट स्रोतले जनाएको छ। राजदूत पौडेललाई स्वदेश फर्किन १५ दिने म्याद दिइएको छ । ललिता निवास जग्गा प्रकरणको छानविनका लागि पौडेललाई फिर्ता बोलाइएको हो ।

पौडेललाई फिर्ता बोलाइए संगै चीनका लागि नयाँ राजदूतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस हनुभएको छ । पूर्व मुख्यसचिव पौडेल २०७३ कात्तिकमा चीनका लागि नेपाली राजदूत नियुक्त हुनुभएको थियो ।यस्तै बैठकले सहसचिव एकनारायण अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ भने पाँच सचिवको सरुवा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology