Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास गर्नेे रतन तिरुवा पक्राउ


2.9K
Shares

प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास गर्नेे रतन तिरुवा पक्राउ

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्न खोज्ने रतन तिरुवालाई प्रहरीले पक्राउ गरेको छ । नेकपाका नेता स्वर्गीय भरतमोहन अधिकारीको प्रथम स्मृतिसभा भइरहेको काठमाडौँको राष्ट्रियसभामा प्रचण्डमाथि आइतबार जुत्ता प्रहार भए पनि उहाँलाई भने लागेन ।

सभालाई संबोधन गरी मञ्चमा फर्किने क्रममा दर्शकदीर्घातर्फ रहेका तिरुवाले प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार गरेका थिए । जुम्ला सिञ्जामा स्थायी घर भएका तिरुवाले काठमाडौँमा लोकसेवाको तयारीका लागि आएको प्रहरीसँगको बयानमा भनेका छन् । तिरुवाका बाबु मोहन तिरुवाले सशस्त्र द्वन्द्वमा ज्यान गुमाएको बुझिएको छ ।

तिरुवाले प्रचण्डको भाषणमा चित्त नबुझेपछि आवेशमा जुत्ता हानेको बताएका छन् । भाषणका क्रममा प्रचण्डले वर्ग सङ्घर्षको कुरा गरेको तर आफूलाई चित्त नबुझेपछि आवेशमा घटना भएको प्रहरीलाई तिरुवाले बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology