Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

कसले दिदैछ प्रधानमन्त्री ओलीलाई दोस्रो पटक मृगौला


2.5K
Shares

कसले दिदैछ प्रधानमन्त्री ओलीलाई दोस्रो पटक मृगौला

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ । सत्तारुढ नेकपाको आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफ्नो मिर्गौलाको प्रत्यारोपणको तयारीका बारेमा जानकारी गराउनुभएको थियो । त्रिवि शिक्षण अस्पतालमा महाराजगञ्जमा हुने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार नै अस्पताल भर्ना हुने तयारी गरिएको छ ।

प्रधानमन्त्री ओलीको २०६३ मा भारतको अपोलो अस्पतालमा पहिलो पठक मिर्गौला प्रत्यारोपण गरिएको थियो । नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र उहाँसामु विकल्प थियो । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि उहाँको नातिनीसँको मिर्गौला मेल खाएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज स्रोतका अनुसार नातिनीको मिर्गौलासँग मेल खाएपछि त्यसैअनुसारको तयारी गरिएको हो । नातिनीको नाम भने गोप्य राखिएको छ । प्रधानमन्त्री ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा बुहारी अन्जनाले मिर्गौला दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology