काठमाण्डौ – चिनबाट शुरु भएको कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा पनि एक जनाको मृत्यु भएको छ । वाशिङ्टनमा उपचारको क्रममा रहेका एक जनाको मृत्यु भएको अमेरिकी सरकारले पुष्टि गरेको बीबीसीले जनाएको छ ।
कोरोनाको कारण मानिसको मृत्यु भएपछि वाशिङ्टनका गभर्नरले त्यहाँ आपत्कालीन अवस्थाको घोषणा गरेको अमेरिकी सञ्चारमाध्यमहरुले बताएका छन् । यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको सम्भावित खतरा रहेको तर खतरासँग लड्न अमेरिका तयार रहेको बताउनु भएको छ ।
कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वका ६० भन्दा धेरै देशमा फैलिसकेको छ भने झण्डै तीन हजार जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।