Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कांग्रेसमा आन्तरिक द्धन्द चर्कियो :पौडेल पक्षलाई पेलेरै सभापति देउवाद्वारा एकलौटी विभाग गठन


1.7K
Shares

कांग्रेसमा आन्तरिक द्धन्द चर्कियो :पौडेल पक्षलाई पेलेरै सभापति देउवाद्वारा एकलौटी विभाग गठन

कांग्रेस सभापति शेरबहादुर देउवाले नियमित कार्यकाल सकिनु दुई दिनअघि शनिवार एकपक्षीय रूपमा विभाग गठन गरेपछि आन्तरिक विवाद चर्किएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको असहमतिका बीच देउवा एकलौटी ढंगले बिभिन्न विभाग गठन गरेपछि बिबाद झनै चर्किएको हो । विधानविपरित विभाग गठन गरेर महाधिवेशन प्रभावित पार्न खोजेको आरोप संस्थापन इतरका नेताहरूले लगाएका छन् ।

देउवाले पाँच जनालाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गरेकामा समेत पौडेल पक्षको आपती छ । महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, सुजाता कोइराला, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजालसहितका नेताहरूबीच त्यही आकस्मिक भेला भएको थियो ।

भेलाले विभाग गठनलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।आजको कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology