गोरखा १७, फागुन । गण्डकी प्रदेशका भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले प्रदेश सरकारले उपलब्ध गराएको कृषि अनुदान गलत ठाउँमा प्रयोग नभएको बताउनु भएको छ । प्रदेश सरकार अन्र्तगतको भुकम्पले क्षती पु¥याएकोे कृषि ज्ञानकेन्द्र गोरखाको नवनिर्मित भवनको शनिबार गोरखामा उद्घाटन गर्नुहुदै मन्त्री थापामगरले बास्तबिक कृषकका लािग मात्र सरकारले अनुदान उपलब्ध गराउदै आएको बताउनुभयो ।

उहाँले कृषि क्षेत्रको उत्पादन बृद्धिका लागि व्यवसायिक कृषकहरु अभाव भएको भन्दै सरकारले बास्तबिक किसानलाई मात्र अनुदान दिदै आएको बताउनुभयो । ‘हामीलाई व्यवसायिक कृषकको ठूलो अपरिहार्यता छ, त्यसका लागि कृषि सहकारी, कृषि समुहहरु, कृषि फर्म, कृषि प्रा.लिहरुलाई व्यापक रुपमा बिकास गर्ने उद्देस्य राखेका छौ। ’ मन्त्री थापामगरले भन्नुभयो ।
मन्त्री थापामगरले प्रदेशबाट घरघरमा किसानहरुलाई सहयोगका लागि पुग्न नसकिने भन्दै प्रदेश सरकार स्थानीय सरकारसंग सहकार्य गरेर काम गरिरहेको बताउनुभयो । ‘हामीले पहिले कृषि क्षेत्रमा के काम ग¥यो भनेर कृषकहरुलाई अनुदान दिएका छैनौ, उहाँले भन्नुभयो, नयाँ कृषक वा कृषि समुहले के काम गर्छ, कहिले गर्छ, कति गर्छ भन्ने योजना हेरेर मात्र अनुदान दिएका छौ ।’

सरकार बनेको दुई बर्षमा कृषिको क्षेत्रमा प्रदेश सरकारले महत्वपूर्ण काम गरेको उहाँले बताउनुभयो । ‘मैले गरेको अध्ययन अनुसार कृषि अनुदामा मिस युज भएको छैन, गल्ती भएको छैन, किनभने प्रत्यक्ष रुपमा फिल्डमा कर्मचारीहरु प्राबिधिकहरु गएर अध्ययन गर्नुभएको छ, मन्त्री थापामगरले भन्नुभयो, ‘पुरानो काम गरेको आधारमा पैसा दिएको होइन, हामीले नयाँ काम के गर्ने भनेर मात्र अनुदान दिएका छौ ।’
उहाँले प्रदेश सरकारले अनुदान दिदा पनि एकद्धवार प्रणालीबाट कृषकहरुलाई अनुदान उपलब्ध गराएको बताउनुभयो ।‘प्रदेशको अनुदान पाएका कृषकलाई संघ र स्थानीय तहबाट नदिने, स्थानीय तहबाट वा संघ बाट अनुदान पाएकालाई प्रदेशबाट नदिन गरि व्यवस्था मिलाएका छौ, मन्त्री थापामगरले भन्नुभयो, ‘काम गर्ने कृषक वा कृषि समुहले कुनैपनि एक ठाउँबाट मात्र पाउनुपर्छ भन्ने मान्यता राखेर काम भईरहेको छ ।’
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका उपप्रमुख जानुका पौडेल, गोरखा नगरपालिका गोरखाका प्रमुख राजनराज पन्त, नेपाल पत्रकार महासंघ गोरखाका उपाध्यक्ष दीपक श्रेष्ठ लगायतले बोल्नु सम्बोधन गर्नुभएको थियो ।