Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

छुुरा प्रहार गरी युुवकको हत्या


2.8K
Shares

छुुरा प्रहार गरी युुवकको हत्या

रौतहटको कटहरिया नगरपालिका वडा २ जमुनियामा सामान्य बिवादका कारण एकजनाले आफ्नै छिमेकी माथी धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेका छन् । पानी तान्ने मोटर चोरेको विषयमा विवाद भएको थियो । सोही घटनामा आफ्नो नाम लगाएको भन्दै कटहरिया नगरपालिका २ जमुनियाका २५ बर्षिय मुुस्ताक आलमले छिमेकी २० बर्षिय अब्दुल खैरको पेटमा छुरा हानेर हत्या गरेका प्रहरीले जनाएको छ ।

दुुईदिन अघि मृतक अब्दुल खैरको खेतबाट पानी तान्ने मोटर चोरी भएको थियो । मोटर चोरी गर्नेमा हत्याका आरोपी आलमको नाउ आएको थियो । मोटर चोरीमा नाम लगाउने बिषय लिएर शुुक्रवार राती ८ बजे दुुबैजना बिच कुुटपिट भएको र सोही क्रममा खैरको हत्या भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक नविन कार्कीले जानकारी दिनुभयो ।

घटना लगत्तै ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरिक्षक ज्ञानकुमार महतोको नेतृत्वमा गएको प्रहरी टोलीले घटनाको झण्डै २ घन्टापछी हत्याका आरोपी आलमलाई गुजरा नगरपालिका ६ खतवहिया गाँउबाट राती ११ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology