Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बच्चा बोकेकी महिलालाई प्रहरीले हान्यो निर्मम ढंगले लाठी


2.1K
Shares

बच्चा बोकेकी महिलालाई प्रहरीले हान्यो निर्मम ढंगले लाठी

ललितपुर । भैसेपाटीस्थित पूर्वजर्नेल हेम खत्रीलाई आफनो श्रीमान दाबी गर्दै माला साह घर प्रबेस गर्नु भएको छ । माला साहसहित अभियन्ताहरु खत्रीको घरमा बलजफ्ती छिरेको प्रहरीले जानकारी दिएको छ।

खत्रीको घरमा छिरेर तोडफोड गर्न थालेपछि खत्रीले महानगरीय प्रहरी प्रभाव, भैसेपाटीलाई खबर गर्नु भएको थियो। इन्स्पेक्टर देवीप्रसाद पौडेल खत्रीको घरमा पुग्दा परिस्थिति तनावपुर्ण भएकाले लाठी चार्ज गर्नुपर्ने अवस्था आएको प्रहरीको भनाई छ। सो घटनामा बच्चा बोकेकी एक महिलालाई प्रहरीले लाठी बर्साएको भिडियो र फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेकप्रसाद राईले उक्त घटनाको विषयमा तिन सदस्यीय छानबिन टोली समेत बनाईएको बताउनु भयो । छानबिन समिति एसपी दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यसहितको छानबिन समिति गठन गरिएको छ। बच्चा बोकेकी महिलालाई पिटेको भन्दै प्रहरीको चौतर्फी विवाद आएपछि प्रहरीले छानविन समिति गठन गरेको हो।

यस विषयमा प्रहरीले पटक पटक छलफल गराए पनि निष्कर्ष नआएको राईले बताउनुभयो। ‘अदालत जानुपर्ने केस हो युट्युबहरुलाई अगाडी लिएर अर्काको घर तोडफोड गरेपछि लाठी प्रहार गरेको प्रहरीको दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology