Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

२४ हिमाली चुचुराबाट उठ्यो १२ करोड रोयल्टी


2.7K
Shares

२४ हिमाली चुचुराबाट उठ्यो १२ करोड रोयल्टी

काठमाडौँ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले आर्थिक वर्ष २०७६।७६ मा २४ हिमाली चुचुरा आरोहण गर्ने अनुमति पाएकाहरुबाट १२ करोड ५१ लाख ८० हजार रोयल्टी उठाएको हो। नेपाल सरकारले अनुमति दिएका पाँच हजार ८०० देखि छ हजार ५०० मिटरसम्म उचाइका २७ पिकहरु मध्येबाट सो रकम उठाईएको हो ।

२७ पिकहरु मध्येमा गत वर्ष २४ पिक आरोहणबाट उक्त रकम सङ्कलन भएको नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले जानकारी दिनु भयो ।सङ्घले सरकारले एनएमएलाई २७ पिकको प्रवद्र्धन तथा आरोहण अनुमतिको जिम्मा दिएको पनि जानकारी दिएको छ ।

गत वर्ष २४ पिक आरोहणका जिम्मा पाए पनि एक हजार ७३३ समूहका छ हजार ५५५ जनाले अनुमति लिएको संघले जानकारी दिएको छ । आरोहण गर्नेमा १०२ नेपाली रहेका एनएमएले जनकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology