Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

किन पुगे प्रचण्ड आकस्मिक सुकुटे


1.6K
Shares

किन पुगे प्रचण्ड आकस्मिक सुकुटे

सिन्धुपाल्चोक ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनबाट सिन्धुपाल्चोकको सुकुटे पुग्नु भएको छ । आज (शुक्रबार ) बिहान खुमलटारको बैठकबाटै चितवन पुग्नु भएका उहाँ करिब २ बजे हेलिकप्टरबाट सुकुटे पुग्नु भएको हो । शनिबार हुने सुकुटे महोत्सव उदघाटन गर्न प्रचण्ड सुकुटे जानु भएको हो ।

प्रचण्ड पहिलो पटक २०३८ सालमा सिन्धुपाल्चोक जानु भएको थियो । हालको चौतारा साँगाचोकगढी नगरपालिका तत्कालीन साँगाचोकमा तत्कालीन माओवादी नेता ध्रुव पराजुलीको बेसीघरमा बास बसेका प्रचण्ड दोस्रो पटक २०५१ सालमा जनयुद्धको तयारीका लागि सदरमुकाम चौतारास्थित गौरीगाउँको तामाङ टोलमा एक रात प्रशिक्षण दिएर फर्किनु भएको थियो । त्यसपछि भने उनी युद्ध अवधिभर सिन्धुपाल्चोक जानुभएन ।

सुकुटे रिसोर्टमा प्रचण्डको धेरै पहिलादेखि नै आउजाउ भइरहन्छ । उहाँ प्रायस् धेरै तनाव भयो भने आराम गर्न सुकुटे पुग्ने गर्नुहुन्छ । यसपालि नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने कि नपठाउनेबारे रस्साकस्सी भइरहँदा प्रचण्ड सुकुटे पुग्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology