काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी सचिवालय बैठकको निर्णय पार्टीका अर्का अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्माले ओली मान्नै पर्ने बताउनु भएको छ । उहाँले राष्ट्रिय सभा सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने निर्णय प्रधानमन्त्री ओलीले स्विकार गर्नै पर्ने बताउनुभयो ।
भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘सचिवालय बैठकले उहाँलाई राष्ट्रिय सभामा लैजान पार्टीले सिफारिस गरेको र त्यो सिफारिस सर्वसम्मत भएकाले प्रधानमन्त्री उक्त निर्णय मान्नुहुन्छ ।’
उहाँले राष्ट्रिय सभामा एउटा बाँकी रहेको एउटा सिटमा मन्त्रीपरिषद्बाट प्रुस्ताव गर्ने र राष्ट्रपतिबाट मनोनयन गर्ने बताउनुभयो । सचिवालयको निर्णय नै आधिकारिक भएको र पार्टीका प्रवक्ता र महासचिवले उक्त निर्णय सार्वजनिक गरेको प्रचण्डले बताउनुभयो । ।
‘तपाईंहरुले एकदुई दिनमा थाहा पाउनुहुन्छ, उहाँले मान्नैपर्छ, मान्नुहुन्छ, प्रचण्डले भन्नुभयो । उहाँले गौतमको नाम सिफारिस नगर्ने भन्ने कुरा आफुले कल्पना समेत गर्न नसक्ने बताउनुभयो । अ