धनुषा । धनुषा जिल्लाको धनौजी गाउँपालिकामा वडा नम्बर २ मा कार्यरत वडा सचिव घुस लिदाँलिदै पक्राउ परेका छन् । वडा सचिव सुशील ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार पक्राउ गरेको हो ।
जन्मदर्ता प्रमाणित सिफारिस गरि दिएबापत सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले वडासचिव ठाकुरलाई पक्राउ गरेको हो ।
वडासचिव ठाकुरलाई सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा वडा कार्यकक्षबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिुनभयो ।