Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा भाडामा यात्रु बोक्ने रातो प्लेटका दुई सवारी साधनलाई ५/५ हजार जरिवाना


3K
Shares

गोरखामा भाडामा यात्रु बोक्ने रातो प्लेटका दुई सवारी साधनलाई ५/५ हजार जरिवाना

गोरखा १६, फागुन । गोरखामा भाडामा यात्रु बोक्ने २ वटा रातो प्लेटका सवारी साधानलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयको सिफारिसमा यातायात व्यवस्था बिभागले कारवाही गरेको छ । कार्यालय गरेको सिफारिसका आधारमा बिभागले दुवै सवारी साधनलाई ५÷५ हजार रुपैया जरिवाना गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुकबहादुर बि.कले जानकारी दिनुभयो ।

कारवाहीमा पर्नेमा बा २ ख १३७४ र बा १९ प ८३ नम्बरको कार रहेको कार्यालयले उहाँले जानकारी दिनुभयो । कार्यलयले दुवै सवारी साधनलाई फागुन १३ गते कारवाही लागि बिभागमा पत्र पठाएको थियो । ट्राफिक प्रहरीले रु १५ सय भन्दामाथिको जरिवान गर्न नपाउने भएकाले बिभागमा कारवाहीका लागि सिफारिस गरेको उहाँले बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाको सिफारिसमा चालु आर्थिक बर्षमा हालसम्म ११ वटा भाडामा यात्रु बोक्ने रातो प्लेटका सवारी साधनलाई कारवाही गरिसकेको बताउनुभयो । पहिलो पटकका लागि ट्राफिक प्रहरीले नै कारवाही गर्छ, फेरि अटेर गरि भाडामा यात्रु बोकेमा बिभागलाई रु २५ सय रुपैया जरिवानाका लागि पठाउने र त्यसपछि पनि कारवाहीमा परेको डवर दस्तुर जरिवानाका लागि बिभागमा कार्यालयले सिफारिस गर्ने प्रमुख बि.कको भनाई छ ।

कारवाहीमा परेका सवारी साधनहरुले नगरपालिका क्षेत्रको बसपार्क, ट्याक्सी पार्क लगायतका स्थानबाट यात्रु उठाउने गरेको पाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology