Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

‘सिपी मैनाली सवार कार दुर्घटना नियोजित षडयन्त्र’


2.8K
Shares

‘सिपी मैनाली सवार कार दुर्घटना नियोजित षडयन्त्र’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माले) ले आफ्ना महासचिव सिपी मैनाली सवार कार दुर्घटना अस्वभाविक र नियोजित भएको जनाएको छ । पार्टीका प्रवक्ता कुमार बेलबासेले बिहिबार एक विज्ञप्ति जारी गर्दै यो दुर्घटना पार्टीको दृष्टिकोणमा अस्वभाविक र नियोजित भएको दावी गर्नुभएको हो ।

बिज्ञप्ती मार्फत उहाँले दुर्घटनाको सत्य, तथ्य र अन्तरनिहित दुर्नियत योजनाको समेत छानबिन गरी सत्यतथ्य जनतासमक्ष ल्याउन र कूनियतजन्य योजनाकार र दोषीलाई अबिलम्ब कानुनी कार्बाही गर्न माग समेत गर्नुभएको छ । बिहिबार महासचिव मैनाली चढेको कारलाई बिपरित दिशातर्फबाट आएको भ्यानले ठक्कर दिदा महासचिव मैनाली सख्त घाइते हुनु भएको थियो । दुर्घटनामा मैनालीसहित उहाँका छोराबुहारी र ५ वषीय नाती समेत घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology